८ कार्तिक २०७८, सोमबार
गृह देशव्यापी खुला कविता प्रतियोगितामा दमककी सेलिया श्रेष्ठको कविता उत्कृष्ट
देशव्यापी खुला कविता प्रतियोगितामा दमककी सेलिया श्रेष्ठको कविता उत्कृष्ट

काठमाडौं। परिवर्तनका हातहरू (एचओसी)ले विद्यार्थीका लागि आयोजना गरेको देशव्यापी खुला कविता प्रतियोगितामा दमककी सेलिया श्रेष्ठ प्रथम भएका छन् । सप्तरङ्गी एफएमको बाल मञ्जरी कार्यक्रमकी प्रस्तोता श्रेष्ठको प्रतियोगितामा ‘एउटै छ माटोको रङ’ शीर्षकको कविता उत्कृष्ट छनोट भएको हो । देशभरिबाट प्राप्त २८ वटा कवितामध्ये श्रेष्ठले वाचन गरेको कविता उत्कृष्ट भएको होे। विद्यार्थीले आफूले वाचन गरेका कविताको भिडियो आयोजकलाई पठाएका थिए । प्राप्त कवितालाई निर्णायकले सुनेर विजेता छनोट गरेका छन्।

प्रतियोगितामा काठमाडौँकी प्रविज्ञा नेपाल द्वितीय, मोरङको रतुवामाइकी शर्मिला चौलागाईं तृतीय र बुटवलका रोशन घिमिरे र मोरङका दीपेन्द्र बराइलीले चौथो स्थान प्राप्त गरेका छन्। जुममार्फत भएको प्रतियोगिताको निर्णायकमा कवि एवं पत्रकार मीनकुमार नवोदित र साहित्यकार चूडामणि नेपाल ‘अकिञ्चन’ रहेका थिए।


Facebook Comments

हरेक खबर खास खबर