१७ मंसिर २०७८, शुक्रबार
गृह जर्मनी र बेनेलक्स क्षेत्रमा बाढीका कारण १२० जनाभन्दा बढीको मृत्यु
जर्मनी र बेनेलक्स क्षेत्रमा बाढीका कारण १२० जनाभन्दा बढीको मृत्यु

काठमाडौं। जर्मनी र बेनेलक्स क्षेत्रमा बाढीका कारण १२० जनाभन्दा बढी व्यक्तिको ज्यानल गएको छ। साथै बाढीमा हराइरहेका मानिसहरूको खोज कार्यमा उद्धार टोलीहरूले खटिएका छन्। बाढीका कारण सयौँ व्यक्तिहरू हराइरहेका छन्, भने हजारौँ घरबारविहीन बनेका छन्।

जलवायु परिवर्तनका कारण उक्त खराब विपद् निम्तिएको युरोपेली सङ्घका नेताहरूले बताएका छन्। अग्रणी वैज्ञानिकहरूले खराब मौसमी गतिविधिको वास्तविक पूर्वानुमानका लागि आफूहरूलाई अब अझै शक्तिशाली कम्प्युटर आवश्यक पर्ने जनाएका छन्।


वर्षाले भीषण बाढी निम्त्याएपछि जर्मनी र बेल्जियममा अझै पनि सयौँ व्यक्तिहरू बेपत्ता रहेका छन्। स्वीट्जरल्याण्ड, लक्समवर्ग र नेदरल्याण्डमा पनि भीषण पानी परेको जनाईएको छ। युरोपेली नेताहरूले उक्त विपद्लाई जलवायु परिवर्तनको असर बताएका छन्।
नर्थ राइन वेस्टफेलिया, राइनलन्ड पालाटिनेट र सारलेन्ड वर्षाका कारण सबैभन्दा नराम्रोसँग प्रभावित भएका छ ।

राइनलन्ड पालाटिनेटको आरभाइलर जिल्लाका अधिकारीले शुक्रवार १,३०० जना हराइरहेको जनाएका थिए। आरभाइलरको एउटा गाउँका बासिन्दाले एएफपी समाचार संस्थालाई कारहरू बगेका र युद्धभूमि जस्तै गरी घरहरू क्षतविक्षत भएको जनाएका छन्। बाढीका कारण टेलिफोन सञ्जालहरू बन्द भएका छन्। सडकहरू नराम्ररी भत्किएका छन् र लगभग एक लाख घरमा विद्युत आपूर्ति बन्द भएको छ।

Facebook Comments

हरेक खबर खास खबर