२० श्रावण २०७८, बुधबार
गृह नाबालिकालाई बलात्कार गरेको अभियोगमा २ जनालाई जन्मकैदको सजाय
नाबालिकालाई बलात्कार गरेको अभियोगमा २ जनालाई जन्मकैदको सजाय

नवलपरासी पूर्व । नाबालिकालाई बलात्कार गरेको अभियोगमा २ जनालाई जन्मकैदको सजाय गरिएको छ। जिल्ला अदालत नवलपरासी पूर्वले नाबालिकालाई बलात्कार गरेको अभियोगमा २ जनालाई जन्मकैदको सजाय सुनाएको होनाबालिकालाई बलात्कार गरेको अभियोगमा देवचुली नगरपालिका ९ बस्ने रोहित थापा (२७ वर्ष)र विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ रानीनगरका १५ वर्षीय एक किशोरलाई जिल्ला अदालतका न्यायाधीश अर्जुन अधिकारीको एकल इजलासले शुक्रबार जन्मकैदको सजाय सुनाएको हो । दुवै अभियुक्तले छिमेकी नाबलालिकालाई बलात्कार गरेको अनुसन्धानबाट खुलेको हो। । दुवै अभियुक्तबाट ५०–५० हजार रुपैयाँ क्षतिपूर्ति ुमेत भराइएको छ ।

छिमेकी ८ वर्षकी नाबालिकालाई अघिल्लो वैशाख ३१ गते खेल्दै आफनो घरमा आएको मौका पारेर बलात्कार गरेकाअभियुक्त थापाले बयानमा उल्लेख गरेका छन्। रनजिक खेल्दै आएको मौका पारेर ती नाबालिकालाई चकलेट दिएर खेतमा लगेर बलात्कार गरेको उनले बयानमा बताएका छन्।


त्यस्तै विनयी त्रिवेणी गाउँपालिकाका १५ वर्षीय किशोरले घरनजिकै खेल्न आएको बेलामा ६ वर्षीया नाबालिकालाई बलात्कार गरेका थिए । उक्त घटना २०७७ साल जेठ ३१ गतेको हो । ती किशोरलाई भने १२ वर्ष ६ महिना कैद सजाय सुनाइएको छ । नाबालक भएका कारण उनलाई बालसुधारगृहमा राखेर कैद सजाय भुक्तानी गर्ने अदालतको आदेश दिएको छ।

Facebook Comments

हरेक खबर खास खबर