१७ श्रावण २०७८, आईतवार
गृह इदको तयारी गरिरहँदा इराकमा बम विस्फोट, कम्तीमा २५ जनाको मृत्यु
इदको तयारी गरिरहँदा इराकमा बम विस्फोट, कम्तीमा २५ जनाको मृत्यु

काठमाडौं। इराकमा बम बिष्फोटमा परि कम्तिमा २५ जनाको मृत्यु भएको छ। बगदादमा भएको उक्त बिष्फोटमा अन्य कयौँ घाइते भएको सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

इदको तयारी गरिरहँदा उत्तरी साड सहर क्षेत्रमा आज विस्फोट भएको हो। यो विस्फोटलाई पछिले छ महिनायताकै सबैभन्दा घातक मानिएको छ । विस्फोटको जिम्मा इस्लामिक स्टेट (आईएस) समूहले लिएको छ।


इराक सरकारले सन् २०१७ को अन्त्यमा सुन्नी मुस्लिम जीहादी समूहमाथि विजयी भएको घोषणा गरेयता त्यहाँ विस्फोटका घटना बढेका छन्।

Facebook Comments

हरेक खबर खास खबर