२० श्रावण २०७८, बुधबार
गृह एमाले केन्द्रीय कमिटी बैठक आजपनि बस्दै, देउवालाई विश्वासको मत दिने सांसदलाई होला त कारवाही?
एमाले केन्द्रीय कमिटी बैठक आजपनि बस्दै, देउवालाई विश्वासको मत दिने सांसदलाई होला त कारवाही?

काठमाडौं। नेकपा एमाले केन्द्रयि कमिटीको बैठक आजपनि बस्दैछ। च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा हिजोदेखि शुरु भएको बैठक आज दिउँसो ३ बजे पनि बस्ने बताईएको छ।

हिजोको बठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमालेका २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।


उनीहरुलाई २४ घन्टे स्पष्टीकरण सोध्ने र कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय बैठकले गरेको थियो। आजको बैठकले उनीहरुमाथि कारबाहीको प्रक्रिया अघि बढाउने जनाइएको छ।

तर, स्पष्टिकरण सोधिएका सांसदहरुले भने कुनैपनि जवाफ दिएका छैनन्। प्रधानमन्त्री देउवाको पक्षमा मत दिने सांसदहरुले यो स्पष्टीकरणको औचित्य नरहेको भन्दै कुनै जवाफ नदिने बताएका छन्।

असार २८ गते सर्वोच्च अदालतले दोश्रोपटक गरिएको प्रतिनिधिसभा विघटनलाई बदर गर्दै देउवालाई विश्वासको मत दिएका सांसदलाई कुनै पनि पार्टीले कारवाही गर्न नपाउने फैसला गरेको थियो।

तर, आज बस्ने केन्द्रीय कमिटी बैठकमा यी नेताहरुमाथि कारवाही गर्ने सम्भावना रहेको बताईएको छ।

Facebook Comments

हरेक खबर खास खबर