१७ श्रावण २०७८, आईतवार
गृह आज तुलसी रोप्ने दिनः हरिशयनी एकादशीआज हरिसयानी एकादशी
आज तुलसी रोप्ने दिनः हरिशयनी एकादशीआज हरिसयानी एकादशी

आज हरिशयनी एकादशी। हिन्दु धर्मावलम्बीहरुले घर घरमा तुलसीको विरुवा रोपी मनाउदै छन्। हरेक वर्ष आषाढ शुक्ल एकादशीका दिनदेखि तुलसीको बिरुवा सारी चार महिनासम्म विशेष पूजा आराधना गर्ने चलन छ।

एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मठमा राखिएको बिरुवा आज मठमा सारिन्छ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा लिइन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गर्ने प्रचलन छ।


आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीर सागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए।

भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मास पनि भनिन्छ। हरिशयनी एकादशीका अवसरमा विगतमा राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायण लगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्ने गरेकामा यो वर्ष भने कोरोनाका कारण मन्दिर बन्द गरिएको छ।

भगवान् नारायणका मुख्य मुख्य मन्दिर बन्द गरिएपनि विभिन्न स्थानमा छरिएर रहेको मन्दिरमा भने भक्तजनको भीड लागेको छ।

Facebook Comments

हरेक खबर खास खबर