१७ श्रावण २०७८, आईतवार
गृह एमाले वा माधव नेपालमध्ये एक रोज्नुस्ः गोकुल बास्कोटा
एमाले वा माधव नेपालमध्ये एक रोज्नुस्ः गोकुल बास्कोटा

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एमाले वा माधवकुमार नेपालमध्ये एक रोज्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत बाँस्कोटाले अब एमाले र माधव नेपाललाई सँगै हिडाउन र जिताउन नसकिने बताए।


बास्कोटाले माधव जित्दा एमाले नै हार्ने तर एमाले जित्दा माधव मात्र हार्ने टिप्पणी पनि गरे।

‘अब एमाले र माधव नेपाललाई न त सँगै हिडाउन सकिन्छ न त जिताउन नै । माधव जित्दा एमाले नै हार्छ तर एमाले जित्दा माधव मात्र हार्छन्’ बास्कोटाले ट्‍वीट गरेका छन् ‘तसर्थ देशभरका एमालेजनले बिना अलमल ब्यक्ति वा पार्टी मध्ये एक रोज्‍नुपर्छ । अर्को विकल्प छैन ।’

Facebook Comments

हरेक खबर खास खबर