३ कार्तिक २०७८, बुधबार
गृह कक्षा १२ को परीक्षाको मिति आज तोकिदै, साउन अन्तिमबाट परीक्षा सञ्चालनको तयारी
कक्षा १२ को परीक्षाको मिति आज तोकिदै, साउन अन्तिमबाट परीक्षा सञ्चालनको तयारी

काठमाडौं। कक्षा १२ को परीक्षाको मिति तोक्ने विषयमा आज निर्णय हुने भएको छ। आज साँझ ५ बजे बस्ने बैठकले परीक्षा सञ्चालनको मिति तोक्ने सम्भावना रहेको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए।

यही महिनाको अन्तिम वा भदौ १ गतेदेखि परीक्षा सञ्चालनको तयारी भइरहेको छ। कक्षा १२ मा झन्डै पौने चार लाख विद्यार्थी रहेका छन्।


गएको जेठमा तय गरेको परीक्षा कोभिड–१९को सङ्क्रमण उच्च भएपछि स्थगित भएको थियो । कक्षा १२ का विद्यार्थी भएको विद्यालयमा होम सेन्टर राखेर शतप्रतिशत परीक्षा लिने तयारी गरिएको छ।

बोर्डले अघिल्लो वर्ष ४० प्रतिशत मूल्याङ्कनका लागि परीक्षा सञ्चालन गरेको थियो। परीक्षा सञ्चालनका लागि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सर्तसहित अनुमति दिइसकेको छ।

Facebook Comments

हरेक खबर खास खबर