२० श्रावण २०७८, बुधबार
गृह चीनमाथि साइबर आक्रमणको आरोप
चीनमाथि साइबर आक्रमणको आरोप

काठमाडौं। अमेरिका, बेलायत र युरोपियन युनियनले चीनमाथि साइबर आक्रमणको आरोप लगाएका छन्। उनीहरुले चिनियाँ ह्याकरले माइक्रोसफ्टको सर्भर ह्याक गरेको दाबी गरेका हुन्।

साइबर आक्रमण माइक्रोसफ्ट एक्सचेन्ज सर्भरमा गरिएको र आक्रमणपछि कम्तीमा ३० हजार सर्भरहरु प्रभावित भएको अमेरिका र बेलायतले जनाएका छन्।


बेलायती विदेशमन्त्री डोमिनक राबले चीनले यसअघि पनि यस्ता कामहरु गर्दै आएको र अहिले गम्भीर साइबर आक्रमण गराएको बताए। बेलायती विदेश मन्त्रालय तथा युरोपियन युनियनले पनि साइबर आक्रमण चिनियाँ क्षेत्रबाटै भएको आरोप लगाएको छ।

यो आरोपपछि चीन र पश्चिमा देशबीच तनाव बढ्ने अनुमान गरिएको छ ।चीनले साइबर आक्रमणका यसअघिका आरोपलाई अस्वीकार गरेको छ।

Facebook Comments

हरेक खबर खास खबर