१७ श्रावण २०७८, आईतवार
गृह ओलीलाई भेट्न बालकोट जाँदै विप्लव
ओलीलाई भेट्न बालकोट जाँदै विप्लव

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उहाँको निवास बालकोट जाँदै छन्।

ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गर्दै भूमिगत रहेका विप्लव मूलधारको राजनीतिमा फर्किएपनि आफूसँग गरिएको तीन बुँदे सहमति पूर्णरुपमा कार्यान्वयन नभएको विप्लवको गुनासो छ।


पछिल्ला केही दिन यता विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधव नेपाल, नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन वैद्य (किरण) र जनता समाजवादी पार्टी (जसपा) सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरिसकेका छन्।

नेताहरूसँगको भेटमा विप्लवले तीन बुँदे सहमतिको कार्यान्वयन तथा अझै हिरासतमा रहेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाइको बारेमा चासो व्यक्त गरेका थिए।

Facebook Comments

हरेक खबर खास खबर