३ कार्तिक २०७८, बुधबार
गृह प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, के भयो कुराकानी?
प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, के भयो कुराकानी?

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच भेटवार्ता भएको छ।

मंगलबार बिहान नेपाल निवास कोटेश्वरमा दुई नेताबीच एक घण्टा कुराकानी भएको हो। उनीहरुबीच समसामयीक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।


नेता नेपाल र उनका समर्थक २२ जना सांसदहरुले असार ३ गते संसदमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए।

पार्टी निर्देशन विपरीत देउवालाई विश्वासको मत दिएको भन्दै नेता नेपालसहित २२ सांसदलाई एमालेले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा हिजो बसेको एमाले केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरे पनि आफूहरुले स्पष्टीकरण पत्र प्राप्त नगरेको सांसदहरुले बताएका छन्।

Facebook Comments

हरेक खबर खास खबर