२२ मंसिर २०७८, बुधबार
गृह पेगासेस प्रकरणः भारतस्थित नेपाली राजदूतको मोबाइल ह्याक गरेको खुलासा
पेगासेस प्रकरणः भारतस्थित नेपाली राजदूतको मोबाइल ह्याक गरेको खुलासा

काठमाडौं। विश्वचर्चित इजरायली सफ्टवेयर पेगासेसमार्फत दिल्लीस्थित नेपालका कूटनीतिज्ञको जासुसी गरिएको खुलासा भएको छ ।

दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यको फोन ह्याक भएको खुलासा भएको हो। पेगासेसमार्फत आचार्यसहित चीन र साउदी अरेबिया, इरान, अफगानिस्तानका राजदूतको जासुसी गरिएको फ्रान्सेली अखबार द मोन्डेले जनाएको छ।


१७ वटा अन्तराष्ट्रिय अखबारहरुले इजरायली सफ्टवेयर कम्पनी पेगासेसले विभिन्न व्यक्तिहरुको फोन ह्याक गरेर डाटा संकलन गरेको खुलासा गरेका थिए।

भारतमा सन् २०१७ देखि २०२१ सम्म यसरी जासूसी गरिएको प्रमाण भेटिएको प्रतिवेदनमा जनाइएको छ । वासिङ्टन पोस्ट, द प्रिन्ट, द गार्जियनजस्ता अखबारले पनि कूटनीतिज्ञसहित ठूला आइएनजीओलाई पनि जासुसीको घेरामा राखेको बताईन्छ । अन्तराष्ट्रिय सञ्चार माध्यकरुका अनुसार जासुसीको सम्भावित सूचीमा बेलायती उच्च आयोगका अधिकारी, दुई अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का दुई अधिकारी र बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनजस्ता अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कर्मचारी समेत रहेका छन्।

विश्वका सरकारहरुले आफ्ना आलोचक पत्रकार, राजनीतिज्ञ र कूटनीतिज्ञको मोबाइल ह्याक गरी गोप्य जासूसी गरेको खुलासा सोमबार भएको थियो।

१७ वटा अन्तर्राष्ट्रिय मिडियाको रिर्पोटिङले यस्तो कुराको खुलासा गरेको थियो।

भारतले आफूसँग तनावपूर्ण सम्बन्ध रहेको पाकिस्तानका प्रधानमन्त्रीको पनि गोप्य जासुसी गरेको पनि द हिन्दूले जनाएको छ। द मोन्डे अखबारका अनुसार सन् २०१७ मा मोदीको इजरायल भ्रमणपछि पेगासेस सफ्टवेयर प्रयोगमा आएको थियो।

अजरबैजाका ४८ जना पत्रकार सरकारी निगरानीमा रहेको उल्लेख छ । भारतमा त्यस्ता ३८ जना पत्रकार रहेको दाबी गरिएको छ।

यो सूची सार्वजनिक हुने वित्तिकै सफ्टवेयर पेगासेस निर्माता कम्पनी एनएसओ ग्रुपले यसलाई आफूविरुद्ध भएको अन्तर्राष्ट्रिय षड्यन्त्र भनेको छ।

परराष्ट्र मन्त्रलय भन्छः थप अध्यनको शिलशिलामा छौँ
परराष्ट्र मन्त्रालयले भने यस बिषयमा थप जानकारि लिइरहेको जनाएको छ। खासखबरसँग कुराकानी गर्दै परराष्ट्र मन्त्रालयकि प्रवक्ता सेवा लम्सालले यो बिषय नयाँ भएकाले आफुहरु थप अध्ययन गर्ने बताईन्।

उनले भनिन्, ‘हामीहरुले पनि यो कुरा मिडियाबाट थाहा पायौं, यो भरखर आएको नयाँ बिषय भएकाले थप अध्ययन गर्नुपर्ने हुन्छ, राजदुतको राजदूतको रिपोर्ट पनि अहिलेसम्म आएको छैन। हामी बुझिरहेका छौँ।’

Facebook Comments

हरेक खबर खास खबर