१७ श्रावण २०७८, आईतवार
गृह मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री देउवा, प्रचण्डसँग बालुवाटारमा छलफल
मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री देउवा, प्रचण्डसँग बालुवाटारमा छलफल

काठमाडौं। प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ। प्रधानमन्त्री देउवाले संसदमा विश्वासको मत लिएपछि यी दुई नेताबीच आज भेटवार्ता भएको हो।

मन्त्रिपरिषद् विस्तार, सरकारको आगामी कार्ययोजना लगायतका विषयमा प्रधानमन्त्री देउवा र दाहालबीचमा छलफल भएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले बताए।


सापकोटाका अनुसार त्यसअघि दाहाल, एमाले वरिष्ठ नेता माधव नेपाल र जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवबीच कोटेश्वरमा संयुक्त छलफल भएको थियो।

तर बालुवाटारमा मन्त्रिपरिषद् विस्तारबारे चर्चा भएपनि खास छलफल भने नभएको सापकोटाले बताए।

आइतबार विश्वासको मत लिएसँगै देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ। सरकारमा सहभागिता र मन्त्रालय भागबण्डाका विषयमा आज टुङ्गो लगाउने तयारी गठबन्धनका दलहरुले गरेका छन्। अहिले देउवा मन्त्रिमण्डलमा नेपाली कांग्रेसबाट उनीसहित ३ र माओवादी केन्द्रबाट २ जना मन्त्री रहेका छन्।

Facebook Comments

हरेक खबर खास खबर