३ कार्तिक २०७८, बुधबार
गृह जनता समाजवादी पार्टीको संसदीय दलको विधान पारित, अनुमोदनका लागि कार्यकारिणी समितिमा
जनता समाजवादी पार्टीको संसदीय दलको विधान पारित, अनुमोदनका लागि कार्यकारिणी समितिमा

काठमाडाैं। जनता समाजवादी पार्टि नेपाल(जसपा) को संसदीय दलको विधान पारित भएको छ। मंगलबार दिउँसो सिंहदरवारमा बसेको पार्टी संसदीउ दलको बैठकले संघीय संसदीय दलको विधान २०७८ को विधान पारित निर्णय गरेको हो।

बैठकमा प्रस्तुत मस्यौदामाथी ब्यापक छलफल गरि सदस्यहरुबाट अएका सुझावका आधारमा संघीय संसदीय दलको विधान २०७८ पारित गर्ने निर्णय गरिएको बताईएको छ।


बैठकमा विधानका सम्बन्धमा प्राप्त सुझावहरुलाई समावेश गर्न सांसदहरु रामसहायप्रसाद यादव र मोहम्द इस्तियाक राईजलाई जिम्मेवारी दिने निर्णयसमेत भएको छ।

उक्त विधानलाई अनुमोदनका लागि पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा पठाउने निर्णय भएको अध्यक्ष उपेन्द्र यादवको सचिवालयले जनाएको छ।

संसदीय दलका जेष्ठ सदस्य महिन्द्रराय यादवको अध्यक्षतामा बसेको बैठकमा २२ जना सांसद उपस्थित थिए। दलको अर्को बैठकले संसदीय दलको नेता चयन गर्नुका साथै सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाइने छ ।

Facebook Comments

हरेक खबर खास खबर