१७ श्रावण २०७८, आईतवार
गृह माधव नेपाल समूहका सांसदहरूको बैठक बस्‍दै, ओलिले सोधेको स्पष्टिकरणको जवाफ देलान् त?
माधव नेपाल समूहका सांसदहरूको बैठक बस्‍दै, ओलिले सोधेको स्पष्टिकरणको जवाफ देलान् त?

काठमाडौं। नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरको बैठक आज बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ जना सांसदहरूको आज बैठक बस्ने समूहका सांसद विरोध खतिवडाले जानकारी दिए।

उनकाअनुसार बैठक साँझ चार पछि बस्नेछ । बैठकमा ओलीले सोधेको स्पष्टिकरण र आगामी रणनीतिबारे छलफल हुनेछ।


आइतबार देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई एमाले केन्द्रीय समिति बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

स्पष्टीकरण पत्र पठाइ सकिएको एमाले सचिव शेरबहादुर तामाङले जानकारी दिए।

यसअघि नै माधवकुमार नेपाल समूहमा खुल्दै आएका १४ सांसद र ओली समूहमा रहेका ८ सांसदले देउवालाई फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए।

Facebook Comments

हरेक खबर खास खबर