२० श्रावण २०७८, बुधबार
गृह कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गर्न अनुमति
कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गर्न अनुमति

काठमाडौं। कोरोना भाईरस संकट ब्यबस्थापन केन्द्र(सीसीएमसी)ले कक्षा १२ को परिक्षा भौतिक उपस्थिति दिएको छ। मै गर्न सीसीएमसीले अनुमति दिएको छ। राष्ट्रिय परीषा बोर्डको माग अनुसार सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्न अनुमति दिएको हो।

कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीको अनुमतिसँगै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गर्ने तयारी थालेको छ।


अब परीक्षा सञ्चालनको निर्णय मन्त्रिपरिषद्ले गर्ने छ। बोर्डले परीक्षा लिनका लागि सुरक्षा प्रोटोकलसहितको कार्यविधि तयार गर्ने काम गरिरहेको छ।

कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यसअघि अनलाइन विधिबाट परीक्षा लिने चर्चा चले पनि संक्रमण दर कम भएकाले भौतिक उपस्थितिमै परीक्षा लिन लागिएको हो।

Facebook Comments

हरेक खबर खास खबर