३ कार्तिक २०७८, बुधबार
गृह ओली सरकारलाई समर्थन गरेको जसपा ठाकुर पक्षले देउवालाई किन समर्थन गर्यो?
ओली सरकारलाई समर्थन गरेको जसपा ठाकुर पक्षले देउवालाई किन समर्थन गर्यो?

काठमाडौं। केपी शर्मा ओली नेतृत्वको नि–वर्तमान सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई पनि समर्थन गरेको छ।

यसअघि आफ्ना बिभिन्न मागहरु सम्बोधन गर्न माग गर्दै ओली नेतृत्वको सरकारलाई समर्थन गरेको उक्त पक्षले तिनै मागहरु दाहेर्याउँदै समर्थन गरेको जनाएको छ।


उक्त पक्षले मंगलबार एक विज्ञप्ती जारी गर्दै अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्। ठाकुरले विज्ञप्ति जारी गर्दै विश्वासको मत दिनुअघि भएको प्रतिवद्धता पुरा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

जसपाको ठाकुर समूहको कार्यकारिणी समूहको आज बसेको बैठकले संविधान संशोधन, रेशम चौधरीलगायत बन्दीहरूको रिहाई, नागरिकतासम्बन्धी समस्या समाधान, स्थानीय तहको पुनःसरंचना, लाल आयोगको प्रतिवेदन सार्वजनिकलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो।

Facebook Comments

हरेक खबर खास खबर