३ कार्तिक २०७८, बुधबार
गृह प्रचण्डलाई भेट्न खुमलटार पुगे प्रधानमन्त्री देउवा
प्रचण्डलाई भेट्न खुमलटार पुगे प्रधानमन्त्री देउवा

काठमाडौं। नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवा खुमलटार पुगेका छन्।

खुमलटारमा दुई नेताहरुबीच वार्ता चलिरहेको स्रोतले जानकारी दिएको छ। गठबन्धनको विश्वास आर्जन गर्दै सरकारलाई पूर्णता दिन प्रधानमन्त्री देउवाले राजनीतिक भेटघाट सुरु गरेका हुन्।


प्रचण्डले सरकार सञ्चालनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको प्रस्ताव राख्दै आएका छन्।

देउवाले भने सत्ता साझेदारीका लागि सबै दललाई समेटेर जान माओवादीबाट समन्वयकारी भूमिकाको खोजी गरेको देउवाका सहयोगी नेताहरूले बताएका छन्।

यसअघि मंगलबार बिहान नै माओवादी अध्यक्ष दाहालले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेट गरेका थिए।

Facebook Comments

हरेक खबर खास खबर