१७ मंसिर २०७८, शुक्रबार
गृह बढ्दै कोरोना संक्रमण, एकैदिन थपिए ३ हजार बढि संक्रमित
बढ्दै कोरोना संक्रमण, एकैदिन थपिए ३ हजार बढि संक्रमित

काठकाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १०८ जनामा कोरोनाभाईरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथाजनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८३६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०२ जनामा र ४ हजार २९९ जनाको एन्टिजेन परीक्षण गर्दा ९०६ जनामा गरी ३ हजार १०८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


योसँगै नेपालको केरोनाभाईरसका कुल संक्रमितको संख्या ७ लाख २१ हजार ६ सय १७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५९५ जना सङ्क्रमणमुक्त भएसँगै नेपालमा कोरोना निको हुनेको सङ्ख्या ६ लाख ३४ हजार ९२७ पुगेको छ । अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ४१९ रहेको छ ।

यस्तै कोरोनाका कारण थप २५ जनाको ज्यान गएसँगै नेपालमा सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ६ सय सात पुगेको छ।

Facebook Comments

हरेक खबर खास खबर