२० श्रावण २०७८, बुधबार
गृह एमालेमा अब दुई ‘साइबर सेना’: प्रभु साहले गरे ‘आई.टी. आर्मी’को घोषणा
एमालेमा अब दुई ‘साइबर सेना’: प्रभु साहले गरे ‘आई.टी. आर्मी’को घोषणा

काठमाडौं। नेकपा एमालेमा दुई साईबर सेना भएका छन्। नेकपा माओवादी केन्द्र त्यागेर नेकपा एमालेमा प्रवेश गरेका प्रभु साहको नेतृत्वमा आई।टी। आर्मीको घोषणा गरिएको छ।

मंगलबार घोषणा पत्र जारी गर्दै सामाजिक न्याय, सुशासन तथा समाजवादप्रति प्रतिबद्धता जनाउनका लागि महेश बस्नेतले बनाएको ‘साइबर सेना’ जस्तै साहको नेतृत्वमा आई.टी. आर्मी घोषणा गरिएको हो।


सरकारले सूचना प्रविधिमार्फत् जनतामा भ्रमको खेती गर्न सक्ने र त्यो भ्रम चिर्नका लागि आई।टी। आर्मी निर्माण गरिएको अन्तरिम घोषणा पत्रमा उल्लेख छ।

आईटी आर्मीको केन्द्रीय कमिटीमा १ सय ५१ सदस्यीय रहने जनाइएको छ । यस्तै, प्रदेश कमिटीतर्फ १०१ सदस्यीय, जिल्ला कमिटीतर्फ ५१ सदस्यीय र पालिका कमिटीतर्फ ३३ सदस्यीय प्रस्ताव गरिएको छ।

आई।टी। आर्मीको मुख्य लक्ष्य श्रमजीवि तथा उत्पीडित जनताको मुक्ति तथा मुलुकमा सामजिक न्याय, सुशासन, सदाचार, स्थायीत्व, समृद्धि र विकाससहित समाजवादी व्यवस्था निर्माणमा सहयोग पुर्याउने रहेको छ ।

नेकपा विभाजनअघि राष्ट्रिय युवा संघका इन्चार्ज रहेका बस्नेतले ओली सरकारले गरेका राम्रा कामको पनि विरोध गरिए पछि उक्त भ्रम चिर्न भन्दै साइबर सेनाको गठन गरेका थिए ।

जनतामा सही सूचना पुर्‍याउनका लागि भनेर बस्नेतको नेतृत्वमा साइबर सेना गठन गरिएको थियो। तर, विज्ञहरु भने व्यक्तिहरुप्रति लक्षित गरेर प्रहार गर्नका लागि यस्तो गैरकानुी काम गर्न नहुने बताउछन्।

घोषणा पत्रमा भनिएको छ,‘आइटीको सहायताले हामी मुलुकमा ब्याप्त दुराचार, बेथिथि, विकृति, कुशासन, अराजकतासहित सबैखाले दमन उत्पीडन एवं विभेदलाई बढवा दिने गलत शासन व्यवस्थाको अन्त्य गर्न सक्छौँ। तसर्थ देशमा समाजवादी व्यवस्था निर्माण सहित सामाजिक न्याय, सुशासन, सदाचार, स्थायीत्व, समृद्धि एवम् विकासको लक्ष्य पुरा गर्ने महाअभियनामा हामी सफल हुने दृढ विश्वासको साथ अर्ध सामूहिक स्वरुपमा क्रियाशील रहनेगरी आई.टी. आर्मीको स्थापना गरिएको छ।’

Facebook Comments

हरेक खबर खास खबर