१७ मंसिर २०७८, शुक्रबार
गृह बाँदर बनेर युवा संघका कार्यकर्ता सडकमा आएपछि…
बाँदर बनेर युवा संघका कार्यकर्ता सडकमा आएपछि…

काठमाडौं। नेकपा एमाले ओलीनिकट युवा संघ नेपालका कार्यकर्ता बाँदर बनेर सडकमा विरोध प्रदर्शनमा उत्रिएका छन्।

बाँदरको मुकुन्डो लगाएका दर्ननौ कार्यकर्ताहरु नयाँबानेश्वरको सडकमा विरोध प्रदर्शन उत्रिएका छन्। सोमबार बालकुमारीको हनुमन्ते खोलाको किनारमा ओलीनिकट युवा कार्यकर्ताले नेपालको पुत्ला जलाएका थिए।


वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले पार्टीको हितविपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि उनीहरुलाई ‘बाँदरको संज्ञा’ दिँदै मंगलबार युवा संघ विरोध प्रदर्शनमा उत्रिएको हो।

नेपाल समूहका २२ सांसदले प्रधानमन्त्री देउवालाई विश्वाको मत दिएपछि युवा संघले लगातार विरोध प्रदर्शन गर्दै आएको छ।

Facebook Comments

हरेक खबर खास खबर