१७ श्रावण २०७८, आईतवार
गृह एमालेको माधव नेपाल पक्षले बुधबार स्थायी कमिटी बैठक बोलायो
एमालेको माधव नेपाल पक्षले बुधबार स्थायी कमिटी बैठक बोलायो

काठमाडौं। नेकपा एमालेको माधव नेपाल पक्षले आफु पक्षीय स्थायी कमिटि बैठक बोलाएको छ।

देउवालाई विश्वासको मत दिने एमालेका सांसद्हरुलाई अध्यक्ष केपी शर्मा ओली पक्षले स्पष्टीकरण सोध्ने प्रक्रिया अगाडि बढाएको छ। सोमबार बसेको सो पक्षको केन्द्रीय कमिटी बैठकले २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। तर, पत्र भने पठाइएको छैन।


प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसद्हरुसँग मंगलबार छलफल गरेका माधव नेपालले बुधबारका लागि आफू पक्षको स्थायी कमिटी बैठक बोलाएका हुन्।

मंगलबारको भेलामा नेपाल पक्षका सांसदहरूले नेता नेपाललाई कानुनले दिन्छ भने नयाँ पार्टी बनाएर जानुपर्ने सुझाएका छन्।

Facebook Comments

हरेक खबर खास खबर