२० श्रावण २०७८, बुधबार
गृह धनगढीमा प्रहरी र स्थानीयबीच झडपः ५० राउण्ड अश्रुग्यास प्रहार, १२ प्रहरी घाइते
धनगढीमा प्रहरी र स्थानीयबीच झडपः ५० राउण्ड अश्रुग्यास प्रहार, १२ प्रहरी घाइते

कैलालीमा स्थानीय र प्रहरीबीच झडप भएको छ। मंगलबार साँभ जिल्लाको धनगढी उपमहानगरपालिका–३ को हाटबजार विद्युत सब स्टेशनलगायतका क्षेत्रमा जमेको पानी निकास गर्न खोज्दा झडप भएको हो।

पानी निकास गरिएपछि स्थानीयले ढुंगा प्रहार गरेका थिए। स्थितीलाई नियन्त्रणमा लिन ५० राउण्ड अश्रु ग्यास प्रहार गर्नुपरेको कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।


हाट बजार र विद्युत कार्यालयको सब स्टेशन जलमग्‍न भएपछि मोहनापुल–अत्तरिया ६ लेन सडकमा निर्माण गरिएको कल्भर्ट खोलेर पानी निकास गर्ने क्रममा वडा नम्बर २ का स्थानीयले प्रहरीलाई अवरोध गरेका थिए।

उनीहरुले कल्भर्ट खोल्दा वडा नम्बर २ को बस्ती ढुवानमा पर्ने भन्दै अवरोध गरेका हुन्। स्थानीयको ढुंगा प्रहारबाट १२ जना प्रहरी घाइते भएको र तनाव अझै कायम रहेको एसपी अधिकारीले बताए।

Facebook Comments

हरेक खबर खास खबर