३ कार्तिक २०७८, बुधबार
गृह कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट, ‘होम सेन्टर’ बाटै परीक्षा दिन पाईने
कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट, ‘होम सेन्टर’ बाटै परीक्षा दिन पाईने

काठमाडौं। कक्षा – १२ को अन्तिम वार्षिक परीक्षा साउन ३१ गते आइतवारबाट गर्ने निर्णय भएको छ। राष्ट्रिय परीक्षा बोर्डको निर्णय अनुसार ३१ साउन बिहान ११ बजेबाट २ बजेसम्म हुनेछ।

परीक्षा भदौ ९ गतेसम्म सञ्चालन हुनेछ। विद्यार्थीहरूले होम सेन्टर बाट परीक्षा दिन पाउने छन्। परीक्षामा देशभरका ३ लाख ७७ हजार विद्यार्थीहरू सहभागी हुनेछन्।


कोरोनाको जोखिम कायमै रहेको अवस्थामा गर्न लागिएको परीक्षा भौतिक दूरी कायम राख्दै स्वास्थ्य सुरक्षाको उपाय अपनाउँदै लिने व्यवस्था मिलाउन समेत बोर्डले निर्देशन दिएको छ।

Facebook Comments

हरेक खबर खास खबर