२२ मंसिर २०७८, बुधबार
गृह लुम्बिनी ठेक्का विवादः प्रधानमन्त्री देउवा र अख्तियारसम्मै पुग्यो 
लुम्बिनी ठेक्का विवादः प्रधानमन्त्री देउवा र अख्तियारसम्मै पुग्यो 

काठमाडौं। लुम्बिनी विकास कोषले आह्वान गरेको चारवटा प्याकेजको ठेक्कामा उठेको विवाद मुलुकका उच्च निकायहरुसम्म पुगेको छ।

कोषले गत जेठ १० मा लुम्बिनी गुरुयोजनाअन्तर्गत सडक, ढल, बिजुलीलगायत विभिन्न निमार्ण कार्य गर्न साढे तीन अर्ब रुपैयाँका चारवटा प्याकेज तयार गरी ठेक्का आह्वान गरेको थियो।


यो ठेक्कामा चारजना निमार्ण व्यवसायीको अनुभवलाई मात्र मिल्ने गरी प्रावधान समावेश गरिएको भन्दै विरोधमा उत्रिएका अन्य व्यवसायी मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्य सचिव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष पुगेका हुन्।

व्यवसायीले यही सोमबार सार्वजनिक खरिद अनुगमन कार्यालयमा पनि निवेदन हालेका थिए। निमार्णमा उत्रिएका व्यवसायीहरुले ती उच्च निकायमा पेस गरेको आरोप लगाइएको छ।

निवेदनमा चारवटा प्याकेजमा माग गरिएको ठेक्कामध्ये तीनवटा सडक निमार्णको कार्य गरेको अनुभव भए पनि पुग्नेमा कोषले लुम्बिनी पुरातात्विक क्षेत्रभित्रै काम गरेको हुनुपर्ने मापदण्ड तोकेको बताइएको छ।

यस्तै निवेदनमा टेन्डरमा सडक बत्तीको काम गरेको अनुभव पनि लुम्बिनी पुरातात्विक क्षेत्रमा नै गरेको हुनुपर्ने भनिएको छ।

Facebook Comments

हरेक खबर खास खबर