१७ श्रावण २०७८, आईतवार
गृह एमाले केन्द्रीय कमिटी बैठक आजपनि बस्दै, विश्वासको मत दिने सांसदको कारवाही अलमलमा
एमाले केन्द्रीय कमिटी बैठक आजपनि बस्दै, विश्वासको मत दिने सांसदको कारवाही अलमलमा

काठमाडौं। सोमबारदेखि शुरु भएको नेकपा एमाले ओली पक्षको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । यसअघि सोमबार र मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले एमालेमा देखिएको विवाद समाधान गर्न बनेको कार्यदलका १० बुँदे सुझावलाई अनुमोदन गरेको छ।

त्यस्तै, सोमबार बसेको बैठकले ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।


तर, उनीहरुलाई अहिलेसम्म स्पष्टिकरणका लागि पत्र पठाइएको छैन। देउवालाई विश्वासको मत दिएका सांसदहरुले आफूलाई स्पष्टिकरणको पत्र नआएको बताइसकेका छन्।

हिजोको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधरले आफूहरुको विभिन्न प्रदेशमा कस्तो अवस्था रहेको छ भन्नेबारे समीक्षा गरेका गरिएपनि कारवाहीबारे भने निर्णय भएको थिएन।

नेपाल पक्षको स्थायी कमिटी बैठक पनि आजै
नेकपा एमालेको माधव नेपाल पक्षले आफु पक्षीय स्थायी कमिटि बैठक बोलाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसद्हरुसँग हिजो पनि छलफल गरेका माधव नेपालले आजका लागि आफू पक्षको स्थायी कमिटी बैठक बोलाएका हुन्।

देउवालाई विश्वासको मत दिने एमालेका सांसद्हरुलाई अध्यक्ष केपी शर्मा ओली पक्षले स्पष्टीकरण सोध्ने प्रक्रिया अगाडि बढाएको छ।

हिजोको भेलामा नेपाल पक्षका सांसदहरूले नेता नेपाललाई कानुनले दिन्छ भने नयाँ पार्टी बनाएर जानुपर्ने सुझाएका छन्।

Facebook Comments

हरेक खबर खास खबर