१७ श्रावण २०७८, आईतवार
गृह चीनमा भारी वर्षाः बाढीमा पारि १२ को मृत्यु
चीनमा भारी वर्षाः बाढीमा पारि १२ को मृत्यु

चीनमा भारी बर्षाका कारण आएको बाढीमा परि १२ जनाको मृत्यु भएको छ भने करीब १० हजार बिस्थापित भएका छन्।

मध्य चिनको हेनान प्रान्त बाढीबाट बढी प्रभावित भएको छ। दश वटा शहर बाढीको चपेटामा पर्दा त्यहाँका अधिकांश घर डुबानामा परेका छन्। दर्जनौ मानिसहरु हराइरहेका छन्। बाढीले सयौं सवारी साधान पुरिएका छन्।


बाढी प्रभावितहरुको उद्धारका लागि सयौ उद्धारकर्मीहरु परिचालन गरिएको छ।

चीनमा बिगत ३ दिनदेखिको भारी बर्षा पछी आएको बाढीले हजारौं घर ध्वस्त भएका छन्। बाढी प्रभावितहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

Facebook Comments

हरेक खबर खास खबर