३ कार्तिक २०७८, बुधबार
गृह कक्षा १२ को परीक्षाको रुटिन सार्वजनिक
कक्षा १२ को परीक्षाको रुटिन सार्वजनिक

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ। मंगलबार साउन ३१ गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरेको बोर्डले परीक्षा तालिका सार्वजनिक भएको हो।

परीक्षा साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ। विद्यार्थीहरूले आफूले अध्ययन गरेकै विद्यालयबाट परीक्षा दिन पाउने छन्।


गएको जेठ २६ गतेदेखि सुरु गर्ने तय भएको परीक्षा कोरोना सङ्क्रमण जोखिमका कारण लगाइएको निषेधाज्ञाले गर्दा स्थगित भएको थियो।

यस वर्ष सय पूर्णाङ्क रहने गरि नै परीक्षा भौतिक उपस्थितिमा गर्ने बोर्डले निर्णय गरेको छ।

Facebook Comments

हरेक खबर खास खबर