१७ श्रावण २०७८, आईतवार
गृह प्रधानमन्त्री र महन्थ ठाकुरबीच भेटवार्ता, ठाकुर पक्षलाई पनि मन्त्री दिने विषयमा कुराकानी
प्रधानमन्त्री र महन्थ ठाकुरबीच भेटवार्ता, ठाकुर पक्षलाई पनि मन्त्री दिने विषयमा कुराकानी

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र जसपा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ। बुधबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न ठाकुर बालुवाटार गएका थिए।

उनीहरुबीच यसअघि गरिएका सम्झौता पालना गर्नु पर्ने विषयमा छलफल भएको छ। जसपाको ठाकुर पक्षले अचानक प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको थियो।


प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएपछि जसपाको महन्थ ठाकुर पक्ष पनि सरकारमा सहभागी हुनसक्ने सम्भावना बढेको छ।

प्रधानमन्त्री देउवाले यही साताभित्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। ठाकुर पक्षलाई पनि मन्त्री दिने विषयमा देउवा ठाकुरबीच कुराकानी भएको बुझिएको छ।

सत्ता गठबन्धनमा देउवालाई मन्त्री बनाउन सकस परेको छ। यस्तै जसपाको अर्को खेमा उपेन्द्र यादव समूहले सात मन्त्रीसहित एक राज्यमन्त्रीमा दाबी गर्दै आएको छ।

असार २८ गते सर्वोच्च अदालतको परमादेशबाट २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले माओवादी केन्द्रबाट दुई र कांग्रेसबाट दुई मन्त्रीसहित २९ गते नै शपथ लिएका थिए।

Facebook Comments

हरेक खबर खास खबर