२० श्रावण २०७८, बुधबार
गृह सरकारमा थप मन्त्री पठाउनेबारे छलफल गर्न माओवादीको स्थायी कमिटी बैठक बस्दै, कति जना बन्दैछन् मन्त्री?
सरकारमा थप मन्त्री पठाउनेबारे छलफल गर्न माओवादीको स्थायी कमिटी बैठक बस्दै, कति जना बन्दैछन् मन्त्री?

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन्।

सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउँन छलफल तीब्र पारेको माओवादीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्री छान्ने जिम्मा दिइएको भए पनि पार्टीका आकांक्षी नेताको संख्या धेरै देखिएपछि पार्टी स्थायी कमिटीमा छलफल हुन लागेको हो।


त्यसका लागि प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडामा बुधवार दिउँसो २ बजे स्थायी कमिटीको बैठक बोलाएका हुन्।

पार्टी कार्यालयका सचिव श्रीराम ढकालले समसामयिक र सांगठनिक बिषयमा छलफल गर्न बैठक बोलाइएको बताए। उनले सरकारमा सहभागि हुने नेताबारेमा पनि बैठकमा छलफल हुने जानकारी दिए।

स्रोतका अनुसार मन्त्रालय भागबन्डामा कांग्रेसले सात मन्त्रालय आफूसँगै राख्न चाहेको छ । यसैगरी, माओवादी केन्द्र र जसपाको उपेन्द्र पक्षलाई ६÷६ मन्त्रालयमा संवाद भइरहेको छ ।

यस्तै, नेकपा एमालेको नेपाल समूहलाई ५ वा ६ मन्त्रालय दिने विषयमा शीर्ष तहमा आन्तरिक छलफल भइरहेको छ ।

तर, अन्य दलहरू पनि सरकारमा सहभागी हुन सक्ने भन्दै संख्याको टुंगो लाग्न नसकेको नेताहरूले बताएका छन् ।

Facebook Comments

हरेक खबर खास खबर