३ कार्तिक २०७८, बुधबार
गृह माधव समूहको स्थायी कमिटी बैठक चलिरहेकै बेला पुग्यो स्पष्टीकरण पत्र
माधव समूहको स्थायी कमिटी बैठक चलिरहेकै बेला पुग्यो स्पष्टीकरण पत्र

काठमाडौं। नेकपा एमालेले प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिएका २२ जना सा.सदलाई २४ घण्टे स्पष्टिकरण सोेधेको छ। २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय सोमबार नै भए पनि पत्र बुधबारमात्र उनीहरुलाई दिइएको छ।

बानेश्वरस्थित अर्याल होटलमा माधव समूहको स्थायी कमिटी बैठक चलिरहेका बेला एमाले अधयक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको स्पष्टीकरण पत्र त्यहाँ पुर्याइएको छ। वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई ५ गतेको मिति राखेर स्पष्टीकरण पत्र बुझाइएको छ।


स्पष्टीकणमा देउवाको पक्षमा मतदान गरेको विषय उल्लेख नगरी विपक्षी गठबन्धनमा लागेको आरोप लगाइएको छ।

सर्वोच्च अदालतले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बनेका प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा कारबाही नहुने व्याख्या गरेकाले ओलीले उनीहरुमाथि सो विषयको आरोप नलागई विपक्षी गठबन्धनमा लागेकोमात्र आरोप लगाएका हुन्।

स्थायी कमिटी बैठक चलिरहेका बेला सो पत्र पुगेपछि सो बैठकले त्यसको भत्सर्ना गरेको छ।

Facebook Comments

हरेक खबर खास खबर