२० श्रावण २०७८, बुधबार
गृह प्रचण्ड र भारतीय राजदूतबीच भेटवार्ता, के भयाे कुराकानी?
प्रचण्ड र भारतीय राजदूतबीच भेटवार्ता, के भयाे कुराकानी?

काठमाडौं। नेकपामाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ।

प्रचण्डले बुधबार स्थायी कमिटी सदस्यहरुलाई ब्रिफिङ गरेअनुसार भेटमा राजदूत क्वात्राले जो सरकारमा आए पनि राम्रो सम्बन्ध कायम गरेर अघि बढ्ने बताएका थिए।


प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीलाई फोन गरेर पनि भनिसकेको भन्दै उनले केही ग्याप भए हटाउनुपर्नेमा जोड दिएका थिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेर बधाइ दिएको भोलिपल्ट मंगलबार राजदूत क्वात्रा प्रचण्ड निवास खुमलटार पुगेका थिए।

Facebook Comments

हरेक खबर खास खबर