१७ श्रावण २०७८, आईतवार
गृह माधव नेपाल र भीम रावलबीच छलफल
माधव नेपाल र भीम रावलबीच छलफल

काठमाडौं। नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावलबीच भेटवार्त भएको छ। रावल निवास टोखामा भएको दुई नेताबीचको छलफल केहीबेर अघि सकिएको हो।

बैठकमा नेताद्वयबीच प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भ रावलले दिएको राजीनामा र पार्टीभित्रको समस्याका बारेमा छलफल भएको बुझिएको छ।


आज बसेको नेपाल पक्षको बैठकमा पनि रावल अनुपस्थित भएका थिए । त्यसपछि नेपाल रावल भेट्न टोखा पुगेका हुन्।

रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भमा नेपाल पक्षमा मतभेद हुँदा आइतबार प्रतिनिधिसभा पदबाट राजीनामा दिएका थिए।

Facebook Comments

हरेक खबर खास खबर