१७ श्रावण २०७८, आईतवार
गृह प्रधानमन्त्री र विप्लवबीच भेटवार्ता जारी
प्रधानमन्त्री र विप्लवबीच भेटवार्ता जारी

काठमाडौं। प्रधानमन्त्री शेर बहादर देउवा र नेपाल कम्युनष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लबबीच बार्ता चलिरहेको छ।

देउवालाई भेट्न विप्लव खड्गबहादुर विश्वकर्मा र धमेन्द्र बस्तोलासहित प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। ​सरकारकातर्फबाट प्रधानमन्त्रीसहित गृहमन्त्री बालकृष्ण खाँण सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।


विप्लवसहितका नेताहरुले हिजो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए। सो भेटमा विप्लवले तीनबुँदे सहमति कार्यान्वयन गर्न ढिलाइ भएको बताएका थिए।

त्यसअघि विप्लवसहितका नेताहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले नेता माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलगायतसँग भेटर्वाता गरेका थिए।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयन लगायतका विषयमा उनीहरुबीच छलफल भइहेको छ ।

Facebook Comments

हरेक खबर खास खबर