१७ श्रावण २०७८, आईतवार
गृह माओवादी केन्द्रको निर्णयः साझा नीति तथा कार्यक्रम बनाएर सरकार सञ्चालन
माओवादी केन्द्रको निर्णयः साझा नीति तथा कार्यक्रम बनाएर सरकार सञ्चालन

काठमाडौं। नेकपा माओवादी केन्द्रले सरकार सञ्चालनका लागि गठबन्धन दलहरुबीच साझा नीति तथा कार्यक्रम बनाएर सरकार संचालन गर्ने निर्णय गरेको छ।

बुधबार पार्टीै मुख्यालय पेरिशडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले केपी शर्मा ओलीको प्रतिगामी कदम असफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएको छ।


गठबन्धनको सरकार हिजोको सरकार जस्तो हुनु नहुने भन्दै माओवादीले हिजो जुन प्रवृतिका विरुद्ध संघर्ष गरेको हो त्यस कुरामा सतर्क र सचेत रहनुपर्नेमा जोड दिएको छ ।

माओवादीले प्रतिगमन विरुद्धको संघर्ष सकिएपछि र नयाँ सरकार गठन भएर विश्वासको मत समेत लिइसकेकाले पार्टीलाई व्यवस्थित ढंगले सञ्चालन गर्न ध्यान केन्द्रीत गर्ने निर्णय पनि गरेको छ । त्यसको तयारी तथा छलफलका लागि साउन २० गतेबाट केन्द्रीय कमिटी बैठक बस्ने माओवादीले बताएको छ।

केन्द्रीय कमिटी बैठकको तयारीस्वरुप साउन १७ गते स्थायी समिति बैठक बस्ने माओवादी प्रवत्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

Facebook Comments

हरेक खबर खास खबर