३ कार्तिक २०७८, बुधबार
गृह ओलीलाई नेपाल समूहले भन्योः नाराबाजी रोकेर पार्टी एकतामा लाग्नुस् (भिडियाे)
ओलीलाई नेपाल समूहले भन्योः नाराबाजी रोकेर पार्टी एकतामा लाग्नुस् (भिडियाे)

काठमाडौं। नेकपा एमालेको नेपाल–खनाल पक्षले पार्टी एकताका लागि गम्भीर हुन अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेको छ।

बुधबार बसेको उक्त समूहको स्थायी कमिटीको बैठकले माधवकुमार नेपालसहितका नेताहरुविरुद्ध भइरहेको नाराबाजी तत्काल रोकेर पार्टी एकताको प्रयासमा लाग्न ओलीलाई आग्रह गरेको हो।


बैठकले एकता वार्ता चलिरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई स्पष्टीकरण सोध्नु , उनीहरुविरुद्ध उत्तेजक गतिविधि र नाराबाजी गर्नु एकता प्रक्रिया विपरीत भएको भन्दै यस्तो कार्य तत्काल रोक्न आग्रह गरेको छ।

Facebook Comments

हरेक खबर खास खबर