३ कार्तिक २०७८, बुधबार
गृह बाँकेमा खोलाको बाँधमा डुबेर तीन जनाको ज्यान गयो
बाँकेमा खोलाको बाँधमा डुबेर तीन जनाको ज्यान गयो

बाँकेमा खोलाको बाँधमा डुबेर तीन जनाको ज्यान गएको छ। जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर १० चटारमा रहेको डुडुवा खोलाको बाँधमा डुबेर तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

ज्यान गुमाउनेहरूमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ का १७ वर्षीय आरिफ जसगर, अरमान जसगर र १८ वर्षीय रासिद जसगर रहेका छन्। पौडी खेल्ने क्रममा डुबेर उनीहरूको ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।


पौडी खेल्ने क्रममा तीन जना बेपत्ता भएको खबरपछि पुगेको प्रहरीको उद्धार टोलीले तिनै जनालाई मृत अवस्थामा बाहिर निकालेको हो।

Facebook Comments

हरेक खबर खास खबर