२२ मंसिर २०७८, बुधबार
गृह राजस्थानमा लगातार दोस्रो दिन भूकम्प
राजस्थानमा लगातार दोस्रो दिन भूकम्प

भारतको राजस्थानमा बिहीबार बिहान भूकम्पको धक्का महशुस गरिएको छ। राजस्थानको बीकानेर केन्द्रबिन्दू भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

नेशनल सेन्टर फर सिस्मोलोजीका अनुसार भूकम्प बिहान ७ बजेर ४२ मिनेटमा गएको थियो। यसको केन्द्रबिन्दु बीकानेरबाट ४१३ किलोमिटर उत्तरपश्चिममा जमिनको सतहभन्दा १५ किलोमिटर गहिराइएमा रहेको थियो।


भूकम्पबाट हालसम्म कुनै क्षतिको खबर प्राप्त भएको छैन। बुधबार पनि बीकानेरमा भूकम्पको झट्का महसुस गरिएको थियो। यसको तीव्रता ५.३ रिक्टर स्केल मापन गरिएको थियो।

Facebook Comments

हरेक खबर खास खबर