१७ श्रावण २०७८, आईतवार
गृह एमाले केन्द्रीय कमिटी बैठक आज पनि, २२ सांसदले स्पष्टिकरणको जवाफ नदिए के हुन्छ?
एमाले केन्द्रीय कमिटी बैठक आज पनि, २२ सांसदले स्पष्टिकरणको जवाफ नदिए के हुन्छ?

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजपनि बस्दैछ। ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा बिहिबार अपरान्ह ३ बजे बैठक बस्दैछ।

बैठक गत सोमबारदेखि निरन्तर चलिरहेको छ। आजको बैठकले स्प्रष्टीकरण सोधिएका २२ सांसदले जवाफ दिए त्यसको अध्ययन गरेर थप कदम चाल्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।


नेकपा एमालेको वैठकले शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएको छ।

संविधानको धारा ७६(५) को सरकार गठनमा सांसदलाई पार्टीको ह्वीप नलाग्ने फैसला सर्बोच्च अदालतले गरेकाले उनीहरुलाई त्यही निर्णयले मात्रै कारबाही गर्न अप्ठ्यारो हुने भएकाले गठबन्धनमा लागेको लगायतका कारण देखाएर पार्टी सदस्यबाट हटाउनेसम्मको तयारी संस्थापन पक्षले गरेको छ।

माधव नेपाल पक्षले भने नाराबाजी रोकेर पार्टी एकतामा लाग्न अध्यक्ष ओलीलाई आग्रह गर्दै आएको छ।

Facebook Comments

हरेक खबर खास खबर