२० श्रावण २०७८, बुधबार
गृह चीनमा बाढीः मृत्यु हुनेको संख्या २५ पुग्यो, १२ लाख बढि प्रभावित
चीनमा बाढीः मृत्यु हुनेको संख्या २५ पुग्यो, १२ लाख बढि प्रभावित

काठमाडौं। चीनमा बाढीमा परि मृत्यु हुनेको संख्या २५ पुगेको छ। चीनियाँ सञ्चार माध्यमहरुका अनुसार हेनान प्रान्तमा केही दिन यता जारी भीषण वर्षाका कारण अहिलेसम्म कम्तिमा २५ जनाको मृत्यु भएको र ७ जना वेपत्ता भएका छन्।

अहिलेसम्म ६० हजार भन्दा धेरै मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। बाढीका कारण १२ लाख भन्दा धेरै मानिस नराम्रोसँग प्रभावित भएका छन्।


सबैभन्दा धेरै प्रभावित हेनानको राजधानी झेंगझू हो जहाँ गए रातिदेखि पानी रोकिएको छ। यो शहरबाट आएको तस्वीरले देशभरका मानिसलाई विचलित गरिदिएको छ।

भारी वर्षाका कारण शहर पानीले भरिएको छ। रेलवे स्टेशनमा पनि पानी भरिएको छ।

बाढीले रेललाई डुबाएको भिडियो सार्वजनिक भएको छ। जब यो रेलमा विस्तार पानी भरिइरहेको थियो मानिसलाई श्वास लिनका लागि ठाउँ कम भएको थियो।

पछि उद्धारकर्मीले मानिसहरुलाई रेलबाट निकाल्न सफलता पाए। यसक्रममा कम्तिमा १२ जनाको मृत्यु भयो।

Facebook Comments

हरेक खबर खास खबर