१७ श्रावण २०७८, आईतवार
गृह चीनबाट आठ लाख डोज भेरोसेल खोप नेपाल आउँदै
चीनबाट आठ लाख डोज भेरोसेल खोप नेपाल आउँदै

काठमाडौं। बुधबार बेइजिङ गएको नेपाल बायुसेवा निगमको जहाजले आज ८ लाख डोज भेरोसेल खोप नेपाल ल्याइँदैछ।

फेरी आजै जहाज खोप लिन बेइजिङ जाने निगमले जनाएको छ। ९ गते जाने जहाजले १० गते फेरि खोप नेपाल ल्याउने छ।


यसअघि असार २५ गते आठ लाख मात्रा खोप चीनबाट ल्याइएको थियो। चीनले नेपाललाई अनुदानमा थप १६ लाख डोज खोप दिने प्रतिबद्धता जनाइसकेको छ। केही दिनभित्रै अनुदान र खरिद गरेको गरी २५ लाख डोज खोप आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसअघि चीनले १८ लाख डोज खोप अनुदानमा दिएको थियो। यस्तै कोरोना विरुद्धको खोप अभियानअन्तर्गत अमेरिकी सरकारले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप अहिलेसम्म ८१ हजारभन्दा धेरैले लगाइसकेका छन्।

जोन्सन एण्ड जोन्सन खोप अभियान अहिले वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मात्र सञ्चालन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Facebook Comments

हरेक खबर खास खबर