२० श्रावण २०७८, बुधबार
गृह जसपाको विवाद टुंग्याउन निर्वाचन आयोगको इजलास आज बस्दै, बहश आजै टुंग्याउने तयारी
जसपाको विवाद टुंग्याउन निर्वाचन आयोगको इजलास आज बस्दै, बहश आजै टुंग्याउने तयारी

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) भित्रको विवादको टुंगो लगाउन निर्वाचन आयोगको इजलास आजपनि बस्दैछ।

गत आइतबार आधिकारिकता विवादमा निर्वाचन आयोगमा सुनुवाइ भएको थियो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायत पाँचजनाको इजलासमा सुनुवाइ भएको थियो। दुवै पक्षको बहसपछि सक्कली प्रमाण झिकाएर मात्रै अन्य कुरा अघि बढ्ने सहमति भएको थियो।


आयोगको इजलासले भनेअनुसार उपेन्द्र र महन्थ दुवै पक्षले निर्णयका सक्कल कागजातहरू मंगलबार बुझाइसकेका छन्। सक्कली प्रमाण बुझाएपछि आज पुनः बहस सुरु हुने र निष्कर्षमा पुग्ने बताइएको छ।

आयोगले आज दुवै पक्षको बहस टुंग्याउने तयारी गरेको छ। जसपाको केन्द्रीय कार्यकारिणी समितिको बहुमत, अल्पमत हेरेर निर्णय लिइने आयोगले जनाएको छ।

Facebook Comments

हरेक खबर खास खबर