२० श्रावण २०७८, बुधबार
गृह किसान आन्दोलन : भारतमा आज संसद भवन बाहिर प्रदर्शन गर्ने
किसान आन्दोलन : भारतमा आज संसद भवन बाहिर प्रदर्शन गर्ने

भारतमा किसान आन्दोलनले आज संसद भवन बाहिर विरोध प्रदर्शन गर्ने भएका छन्। हजारौँ किसान गर्मी र वर्षाको बाबजुत पनि प्रदर्शनका लागि भेला भएका छन्।

संसद भवनमा अहिले बर्खे अधिवेशन चलिरहेको छ। ६ महिना अगाडि सरकार र किसानबीच वार्ता भइरहेको वार्ता रोकिएको थियो। त्यस यता कुनै पनि वार्ता हुन सकेको छैन।


संयुक्त किसान मोर्चाले २६ जनवरीमा निकालेको परेडमा हिंसा मच्चिएको थियो। अहिले संसद भवन बाहिर कुनै हिंसा भड्किए त्यसको जिम्मेवारी सरकारले नै लिनु पर्ने किसानले बताएका छन्।

Facebook Comments

हरेक खबर खास खबर