३ कार्तिक २०७८, बुधबार
गृह भाडा समायोजनको माग गर्दै यातायात व्यवसायीकाे र्याली
भाडा समायोजनको माग गर्दै यातायात व्यवसायीकाे र्याली

काठमाडौं। भाडा समायोजनको माग गर्दै यातायात ब्यवसायीहरुले र्याली निकालेका छन्।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको आह्वानमा व्यवसायीहरुले आज आ–आफ्नो सार्वजनिक यातायातका साधनसहित भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग गर्दै काठमाडौंका सडकमा र्याली निकालेका हुन्।


व्यवसायीहरुले यातायातको भाडा एवम् ट्याक्सीको सुरुवाती कल समायोजन गर्न, कोभिड खोपको व्यवस्था गर्न, २० वर्ष अवधि पुगेका सवारी साधनको अवधि थप गर्न, नवीकरण र जरिवाना छुट लगायतका माग राखेका छन्।

बालाजु, जोरपाटी, कलंकी लगायत काठमाण्डुका विभिन्न स्थानबाट निकालिएको सो र्‍याली का कारण काठमाडाैंका विभिन्न स्थानमा ट्राफिक जाम भएका छन्। साना–ठूला सार्वजनिक गाडीहरु एकसाथ रिङरोडमा निस्किंदा ट्राफिक जामको समस्या देखिएको छ।

 

Facebook Comments

हरेक खबर खास खबर