१७ श्रावण २०७८, आईतवार
गृह चितवनमा टाउकोमा गोली लागेको अवस्थामा युवक मृत फेला
चितवनमा टाउकोमा गोली लागेको अवस्थामा युवक मृत फेला

चितवन। चितवनमा टाउकोमा गोली लागेको अवस्थामा एक युवक मृत फेला परेका छन्। जिल्लाको भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा एक युवक मृतावस्थामा फेला परेका छन् । उनको टाउकोमा गोली लागेको र नजिकै खोकासमेत भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार अन्दाजी ३० वर्षका युवक मृतावस्थामा फेला परेका हुन् । उनको टाउकामा गोली लागेको जस्तो घाउ देखिएको छ । नजिकै गोलीको एउटा खोका पनि भेटिएको उनले जानकारी दिए ।


बिहान अबेर मात्र घटनाका विषयमा जानकारी प्राप्त भएको जनाउँदै उहाँले मृत पुरुषको सनाखत भई नसकेको बताए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको बताईएको छ।

Facebook Comments

हरेक खबर खास खबर