२२ मंसिर २०७८, बुधबार
गृह काँग्रेस महाधिवेशनः परशुरामको ८ नं वडा सभापतीमा कार्कीको उमेदवारी
काँग्रेस महाधिवेशनः परशुरामको ८ नं वडा सभापतीमा कार्कीको उमेदवारी

डडेल्धुरा। नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा डडेल्धुराको परशुराम नगरपालिका वडा नं ८ को सभापतीका लागि युवा राजनीतिज्ञ मनोज कार्कीले उमेदवारी घोषणा गरेका छन्।

नेपाली काङ्ग्रेसको भतृसंस्था नेपाल विद्यार्थी संघमा २०६६ सालदेखि सक्रिय रुपमा काम गरिरहेका कार्कीले जिल्ला तरूदल सदस्य २०७७ मा काम कार्य गर्दे वडालाई लाई विभिन्न विकास को लागि अगाडी सहकार्य र सहयोग गर्दै आएका छन्।


२०७४ सालको निर्वाचनमा पनि चुनावको अवधीमा पार्टी र संगठनको पक्षमा उनले सक्रियतापुर्वक सहभागिता देखाएका थिए।

उमेदवारी किन?
१.पार्टीलाई गुट, उप–गुट बाट मुक्त गर्न
२. वडा भरि कांग्रेसको शसक्त उपस्थिति गराउन ।
३. भातृ, सुभेच्छुक तथा सुभचिन्तक संघसंगठन र संस्थाहरुलाई ससक्त र चलायमान बनाउन ।
४. पछाडि परेका र पारिएका पार्टिका नेता र कार्यकर्ताहरुको उच्च सम्मान गर्दै उचित जिम्मेबारी र सम्मान दिन ।
५.नेपाली कांगे्रस पार्टि, भातृ, सुभेच्छुक तथा सुभचिन्तक संघसंगठन र संस्थाहरुमा आबद्ध ब्यक्तिहरुलाई संगठन प्रति संगठित गराउन र ससक्त बनाउन ।
६. पार्टि संस्था र संगठनमा आबद्ध ब्यक्तिहरुलाई योग्यता र क्षमता अनुसारको जिम्मेबारी दिन ।
७. आगामि स्थानिय निकायको निर्बाचन, प्रदेश र संघको निर्बाचनमा नेपाली कांग्रेसका उमेदबारलाई बिजयि गराउन ।
८.आगामि दिनमा नेपाली कांग्रेसलाई सिमित ब्यक्ति मुखि भन्दा पनि सबैको साझा संस्थाका रुपमा बिकास गर्न ।
९. नेपाली कांग्रेस पार्टि प्रति प्रतिबद्ध भए पार्टिले उचित मुल्याङ्कक गर्छ भन्ने भावनाको बिकास गर्न ।
१०. युवाहरुलाई उचित जिम्मेवारी दिन।

Facebook Comments

हरेक खबर खास खबर