१७ श्रावण २०७८, आईतवार
गृह झलनाथ खनालको उपचारका लागि कानुन विपरित ३० लाख निकासा
झलनाथ खनालको उपचारका लागि कानुन विपरित ३० लाख निकासा

काठमाडौं। नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालको स्वास्थ्योपचारका लागि कानुन विपरित् ३० लाख रुपैयाँ निकासा भएको छ।
भारतको एपोलो अस्पतालमा उपचाररत नेता खनालको मृगौला प्रत्यारोपण गरिने एमाले नेताहरुले बताएका छन्।

नेपालको जनस्वास्थ्य ऐनको दफा ३० मा ‘प्रचलित कानुनमा जुनसुकै कुुरा लेखिएको भएता पनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोका लागि लाग्ने खर्च नेपाल सरकारले उपलब्ध गराउने छैन’ भनिएको छ। तरपनि खनाको उपचारका लागि कानुन विपरित रकम निकासा भएको हो।


निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले खनालको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको थियो।

अर्थ मन्त्रालय उच्च स्रोतका अनुसार दिल्लीस्थित नेपाल दूतावासले परराष्ट्र मन्त्रालयमार्फत खनालको उपचारका लागि करिब ३० लाखको हिसाब पठाएको थियो। एमाले उपमहासचिव विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री रहँदा नै योे रकम निकासा भइसकेको छ।

Facebook Comments

हरेक खबर खास खबर