१७ श्रावण २०७८, आईतवार
गृह नेपालका १५ वटा बैंकको सिस्टम ह्याक गरि पैंसा चोर्ने चेतावनी, म्यासेज पठाउनेहरुको खोजी हुँदै
नेपालका १५ वटा बैंकको सिस्टम ह्याक गरि पैंसा चोर्ने चेतावनी, म्यासेज पठाउनेहरुको खोजी हुँदै

काठमाडौं। नेपाल राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गर्ने चेतावनीसहित इमेल र फोन आएको खुलाासा भएको छ।

ह्याकरले राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई पठाएको इमेलमा राष्ट्र बैंकसहित १५ वटा बैंकको सिष्टम ह्याक गर्ने चेतावनी दिएको छ।


सोही पत्र राष्ट्र बैंकका सह(प्रवक्ता नारायण पोखरेल र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहको इमेलमा पनि आएको उनीहरूले जानकारी दिएका छन्।

२४ घण्टनभित्र सिस्टम ह्याक गरि पैसा चोरी गर्ने उनीहरुको चेतावनी छ।

म्यासेज पठाउनेहरुको खोजी हुँदै
विभिन्न नेपाल राष्ट्र बैंकले १५ बैंकको सिष्टम ह्याक गर्ने धम्की भाइबरमा पठाउनेको खोजी भइरहेको जनाएको छ।

राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले त्यस्तो धम्की दिनेको पहिचान गर्न आइटी डिपार्टका कर्मचारी खटिसकेको र प्रहरीको सहयोग जरुरत परेमा लिने बताए।

पोखरेलका अनुसार धम्की पठाउनेलाई पहिचान गरेर कारबाही गरिनेछ। नेपालको बैंक प्रणाली मजबुत रहेको र यस्ता धम्कीबाट डराउन उहाँले आश्वस्त पारे।

Facebook Comments

हरेक खबर खास खबर