२२ मंसिर २०७८, बुधबार
गृह सरकारले कोरोनाको ब्यबस्थापनमा गरेको क्रियाकलापमाथि प्रश्न उठाएको पत्रिका दैनिक भास्करको कार्यालयमा छापा
सरकारले कोरोनाको ब्यबस्थापनमा गरेको क्रियाकलापमाथि प्रश्न उठाएको पत्रिका दैनिक भास्करको कार्यालयमा छापा

काठमाडौं। भारतीय चर्चित पत्रिका दैनिक भास्करको कार्यालयमा बिहीवार बिहान सेन्ट्रल बोर्ड अफ डायरेक्ट ट्याक्सेज (सीबीडीटी) ले छापा मारेको छ।

सीबीडीटीका प्रवक्ता सुरभि अहलूवालियाले दैनिक भास्करको कार्यालयमा छापा मारिएको पुष्टि गरे। उनले भने, ‘दैनिक भास्करको कार्यालयमा सीबीडीटीको अपरेशन चलिरहेको छ । यसबारेमा हामी अहिले यतिमात्र बताउन सक्छौँ।’


दैनिक भास्करका नेशनल एडिटर लक्ष्मी प्रसाद पन्तले सीबीडीटीको टोली जयपुर कार्यालयमा पुगेको खबर प्राप्त भएको बताए।

दैनिक भास्कर भारतको चर्चित हिन्दी अखबार हो। दैनिक भास्करले कोभिड महामारीको समयमा खोजमूलक समाचारहरू प्रकाशित गरेको थियो जसमा सरकारले कोभिड महामारी व्यवस्थापनमा गरेको क्रियाकलापमाथि प्रश्न उठाएको थियो।

दैनिक भास्करको कार्यालयमा छापा मारिएको विरोधमा विपक्षीले नाराबाजी गरेपछि दुवै सदन स्थगित गरिएको छ।

Facebook Comments

हरेक खबर खास खबर