३ कार्तिक २०७८, बुधबार
गृह फ्लोर क्रस गर्ने एमालेका २२ सांसदले आज स्पष्टीकरणको जवाफ दिने
फ्लोर क्रस गर्ने एमालेका २२ सांसदले आज स्पष्टीकरणको जवाफ दिने

काठमाडौं। नेकपा एमालेका २२ सांसदले आज पार्टीले सोधेको स्पष्टिकरणको जवाफ दिने भएका छन्।

नेकपा एमालेका वरिष्ठ माधवकुमार नेपालसहित २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ अनजै पठाउने भएका हुन्।


साउन ३ मा प्रधानमनी शेरबहादुर देउवालाई विश्वासको मत लिँदा २२ सांसदले फ्लोर क्रस गरेर मत दिएका थिए।

उनीहरुलाई पार्टीले स्पष्टीकरण सोधेको छ, जसमा विपक्षी गठबन्धनसँग साठगाँठ गरेको आरोप लगाइएपनि फ्लोर क्रसबारे केही पनि बताईएको छैन।

Facebook Comments

हरेक खबर खास खबर